काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रतिनिधिलाई फिर्ता बोलाइएको छ ।
हिमालयन पावर पार्टनरमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको तर्फबाट कुल आचार्य र पशुपति भण्डारीको प्रतिनिधित्व रहेको छ । आचार्य कम्पनीको अध्यक्ष छन् भने भण्डारी सञ्चालक छन् ।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको यही चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले हिमालयन पावर पार्टनरमा प्रतिनिधित्व गरिरहेका आयार्य र भण्डारीलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी नेप्सेमार्फत गराइएको छ ।