logo
हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको आँखुखोला जलविद्युत कम्पनी ४४ लाख ६१ हजार घाटामा
हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको आँखुखोला जलविद्युत कम्पनी ४४ लाख ६१ हजार घाटामा
७ श्रावण २०८०

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. ४४ लाख ६१ हजार घाटामा छ । अघिल्लो आवको चौथो त्रैमासमा भने कम्पनी रू. २ करोड ४८ लाख नाफामा थियो ।

गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेसँगै कम्पनी घाटामा गएको हो ।  कम्पनीले अघिल्लो आवमा विद्युत विक्रीबापत रू. २२ करोड २९ लाख आम्दानी गरेकोमा गत आवमा रू. १९ करोड २२ लाखमा झरेको छ ।

पानी पर्न कम भएको र नेपाल विद्युत प्राधिकरणले विद्युत उत्पादनमा प्रतिबन्ध लगाएका कारण कम्पनीको विद्युत विक्री आम्दानी घटेको वित्तीय विवरणमा उल्लेख छ । 

कम्पनी घाटामा भएसँगै प्रतिशेयर आम्दानी ५६ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६९ दशमलव ६१ छ । कम्पनीको चुक्ता पूँजी रू. ८० करोड छ । 

साथै कम्पनी १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृति पाइसकेको छ । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद विक्री गर्न लागेको हो । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.