काठमाडौं । होलीका अवसरमा काठमाडौंलगायत देशभर उल्लास छाएको छ । एक आपसमा रङ साटासाट गरेर नेपालीहरू यो पर्व मनाइरहँदा विदेशी पर्यटकले समेत यो पर्व मनाएका छन् ।
काठमाडौंको वसन्तपुर क्षेत्रमा पुगेका विदेशी पर्यटक पर्वको दिन आइतवार रंगिबिरंगी देखिए । उनीहरूले पनि एकआपसमा रङ दलेर यो पर्व मनाएका छन् ।
हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन विशेषगरी नेपाली र भारतीयले यो पर्व मनाउने गरेका छन् ।
तस्वीरहरू : रासस ।