काठमाडौं। होटल संघ नेपालले सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्रालाई समेटेर तयार गरिएको ‘२०८१ सालको वार्षिक टेबुल क्यालेन्डर’ सार्वजनिक गरेको छ । क्यालेन्डरको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बिहीवार काठमाडौंमा विमोचन गरेका हुन् ।
विमोचनको क्रममा मन्त्री तामाङले यस चाडपर्व तथा जात्रा लक्षित क्यालेन्डरबाट मुलुकको प्रचारप्रसार भई विदेशी पर्यटकको आकर्षण बढ्ने हुँदा यो एउटा पर्यटन प्रवर्द्धनको राम्रो माध्यम भएको बताए । उनले होटल क्षेत्रको थप विकास र विस्तारका लागि उद्योगमा वर्गीकरण गरी उद्योगले पाउनुपर्ने सेवा सुविधा दिलाउने बताए । सो अवसरमा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले अन्तरराष्ट्रिय पर्यटन बजारबाट नेपालको चाडपर्व तथा जात्राबारे सोधपुछ हुने गरेकाले उक्त क्यालेन्डर प्रकाशित गरेको बताए ।