जेठ २,काठमाडौं (अस) । इतिहाद एयरवेजले नेपाल इक्विष्ट्रियन एशोसिएशनको हर्स जम्पिङ (घोडा उफ्राइ)लाई सहयोग गरेको छ । माउण्टेन स्पोर्ट्स फेष्टिभलअन्तर्गत पोखरा रङ्गशालामा गत मार्चमा भएको उक्त खेलमा ६ जना घोडचढीको सहभागिता रहेको थियो । तीमध्ये रामहरि खड्का,जगजित घिसिङ र राजेन्द्र बानियाँले ट्रफी तथा नगद उपहार प्राप्त गरेका थिए । १ महीनासम्म चलेको उक्त फेष्टिभलमा २ हजार भन्दा साहासिक खेलाडीको सहभागिता रहेको थियो । फेष्टिभलमा हर्स जम्पिङलगायत गोल्फ,अन्तरदेशीय दौड प्रतियोगिता,मोटसाइकल रेसिङजस्ता विभिन्न १४ साहासिक खेल समावेश गरएको थियो । सो अवसरमा इतिहाद एजरवेजका नेपालको कण्ट्री म्यानेजर पावना श्रेष्ठले फेष्टिभलको प्रायोजन गर्न पाएकोमा खुशी व्यक्त गरिन् । त्यसैगरी, राष्ट्रिय खेलकुद परिषद्का सचिव तथा माउण्टेन स्पोर्ट्स फेडेरेशनका अध्यक्ष युवराज लामाले इतिहादको सहयोगप्रति खुशी व्यक्त गरे ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.