काठमाडौं। अनर नेपालले विभिन्न उपहारसहित दशैं अफर ल्याएको छ । कम्पनीले ‘अनर किन्नुहोस्, थाइल्याण्ड घुम्नुहोस्’ अभियान ल्याएको हो । अफरअनुसार अनरका स्मार्टफोन किन्दा ग्राहकले थाइल्यान्ड भ्रमण र अन्य पुरस्कार जित्न सक्नेछन् ।
यस अभियानले दशैंको चाडमा उत्साह र खुसी थप्ने उद्देश्य राखेको र यसले पर्वलाई थप विशेष बनाउने कम्पनीको अपेक्षा छ । १७ सेप्टेम्बरदेखि शुरू भएको यो अफर ७ नोभेम्बर २०२४ सम्म कायम रहने बताइएको छ । कम्पनीले दैनिक रूपमा अनर च्वाइस एयरवड एक्स फाइब र घडी, साप्ताहिक रूपमा मार्सल स्पिकर र अनर २०० फोन र ग्राण्ड पुरस्कारअन्तर्गत थाइल्याण्ड भ्रमण, अप्रिला एसआर १२५ स्कुटर र अनर म्याजिक भीटु जित्न सकिने बताइएको छ ।