काठमाडौं। होलिडे इन रिसोर्ट काठमाडौं, बुढानिलकण्ठले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा ‘गिभिङ फर गुड’ पहलअन्तर्गत मंगलवार रक्तदान शिविर सम्पन्न गरेको छ । रगतको आपूर्तिमा योगदान पुर्याउँदै होटलको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई पूरा गर्न कार्यक्रम गरिएको बताइएको छ ।
होलिडे इन रिसोर्टले सेप्टेम्बर महीनालाई ‘द गिभिङ फर गुड’को महीनाको रूपमा मनाइरहेको बताइएको छ । यसको उद्देश्य स्वैच्छिक कार्यक्रमहरू र परोपकारी गतिविधिमार्फत विश्व समुदायमा सकारात्मक प्रभाव पार्ने रहेको होटलले जानकारी दिएको छ ।
होटलका व्यवस्थापक तथा कर्मचारीको सक्रियताका कारण रक्तदान कार्यक्रम सफल भएको र संकलित रगतले आवश्यकता भएका व्यक्तिको जीवन रक्षा हुने होटलको अपेक्षा छ । होटलका महाप्रबन्धक आर्य एसजेबी राणाले रक्तदान कार्यक्रम गिभिङ फर गुड पहलको सान्दर्भिकता र समुदायको जीवनमा सकारात्मक परिवर्तन ल्याउने होटलको प्रतिबद्धतासँग जोडिएको बताए ।