काठमाडौं। टाटाको कम्प्याक्ट एसयूभी पन्च ईभी नेपालका चार शहर चितवन, पोखरा, बुटवल र भैरहवामा एकैसाथ लन्च भएको छ । विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी यी चारओटा शहरमा औपचारिक कार्यक्रमबीच लन्च गरिएको सिप्रदीले जानकारी दिएको छ ।
पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ सहभागी थिए । त्यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपाने सहभागी थिए ।
सिप्रदीका सीईओ श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च ईभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । उनले गाडीको विक्रीसँगै ईभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए । कम्पनीका सीओओ गिरीले गाडीको विक्रीसँगै विक्रीपछिको सेवामा पनि उत्तिकै ध्यान दिने बताए । टाटा पन्च ईभीको प्रारम्भिक मूल्य रू. ३३ लाख ९९ हजार तोकिएको छ । उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ ओटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध भएको बताइएको छ ।