काठमाडौं। ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । प्रतिशेयर अंकित मूल्य रू. १०० का दरले १० लाख कित्ता साधारण शेयर जारी गर्न लागेको होटलले एसबिआई मर्चेण्टलाई विक्री प्रबन्धकको जिम्मेवारी दिएको हो । यससम्बन्धी सम्झौतामा एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र होटलका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
एसबिआई मर्चेण्ट नेपाल एसबिआई बंैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सेवा, धितोपत्र खरीद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।