काठमाडौं । नेपाल हस्तकला व्यवसायी संघ, काठमाडौंको आयोजनामा पाँच दिने ‘स्प्रिङ फेयर २०२४’ चलिरहेको छ। काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल पर्यटन बोर्डको परिसरमा चलिरहेको हस्तकला मेला सोमवार (आज)सम्म चल्ने छ ।
देशको आर्थिक विकासमा नयाँ र बलियो आयाम थप्नुका साथै गुणस्तरमा समेत स्वस्थ प्रतिस्पर्धा होस् भन्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।
परम्परागत तथा तथा नवोदित सूर्तीजन्य वस्तु, घर सजावटका सामान, फेल्ट, सेरामिक्स, प्राकृतिक रेसाजन्य वस्तु, नेपाली कागज फेसन डिजाइन आदिका विभिन्न सामानको प्रवर्द्धन गर्न मेला आयोजना गरिएको बताइएको छ ।
हेर्नुस् तस्वीरहरू