काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड ९ करोड ४६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म २ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको यो कम्पनी यस वर्ष इम्पेरमेन्ट चार्ज वापत्को व्यवस्थाका कारण खुद नोक्सानीमा गएको हो । गत वर्ष ७१ लाख ५७ हजार रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष १२ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा १० करोड ३२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ७४ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीको जगेडा कोषमा भने १९ करोड ५८ लाख रुपैयाँभन्दा बढी रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । कम्पनीले ५ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ९५ रहेकोमा यस वर्ष ९ दशमलव ८५ प्रतिशत कायम भएको छ । यो कम्पनी वार्षिक ३८ रुपैयाँ ५० पैसा प्रतिशेयर नोक्सानीका रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ६१ पैसा छ ।