काठमाडौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष विष्णुकुुमार घिमिरेको अध्यक्षतामा सहमति (संस्था) विजय चोक, गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २०८१ पुस २९ गते सोमवार सम्पन्न भयो । उक्त साधारणसभा संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सञ्चालन गरेका थिए । उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण शेयरधनीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले स्वागत गरेका थिए ।
साधारणसभाले मुख्यतया आर्थिक वर्ष २०८०/८१ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्विजिशन सम्बन्धी प्रस्ताव र आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति सम्बन्धी प्रस्तावहरू पारित गरेको छ ।