काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ ।
पछिल्लो वर्ष आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । त्यस अघिका तीन आर्थिक वर्ष पनि कम्पनीले निरन्तर लाभांश वितरण गरेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष ०७९/८० देखि कम्पनीले लाभांश वितरण गरेको छैन् ।
पुस ३ गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने र कुनै पनि लाभांश यो वर्ष वितरण नगर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म जगेडा कोष रकम १६ करोड ३७ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको वितरणयोग्य नाफा भने ६ करोड ७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।