काठमाडौं । जानकी फाइनान्स लिमिटेडले ५० हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । यो शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरीद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आज (मंसिर १८ गते) बाट ७ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय जनकपुरधाममा के कति शेयर खरीद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।