काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले जेठ महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड जेठ मसान्तसम्ममा रू. ९ लाख ७५ हजार नोक्सानीमा रहेको छ ।
बैशाख महीनामा पनि फण्ड रू. २ करोड ८ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बैशाखको तुलनामा जेठ महीनामा घटेको देखिन्छ । जेठ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले पनि नोक्सानीमा देखिएको हो । बैशाख मसान्तसम्ममा फण्डको जम्मा खर्च रू.६२ लाख २६ हजार रहेकोमा जेठ महीनामा बढेर रू. ६६ लाख ८७ हजार पुगेको छ । त्यस्तै जम्मा आम्दानी जेठ मसान्तमा रू. ५७ लाख १२ हजार ऋणात्म्क रहेको छ ।
फण्ड नोक्सानीमा भएपनि न्याभ भने वैशाखको तुलनामा जेठमा केही बढेको छ । वैशाख मसान्तसम्ममा फण्डको न्याभ ९ रूपैयाँ २६ पैसा रहेकोमा जेठ मसान्तमा बढेर ९ रूपैयाँ ९६ पैसा पुगेको हो । त्यस्तै यस फण्डले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. १७ करोड ११ लाख लगानी गरेको छ । यो लगानी वैशाख मसान्तमा रू. १७ करोड २२ लाख थियो ।