logo
जेठमा दोस्रो बजारमा थपियो करीब १५ करोड कित्ता धितोपत्र
जेठमा दोस्रो बजारमा थपियो करीब १५ करोड कित्ता धितोपत्र

काठमाडौं । धितोपत्र दोस्रो बजारमा १४ करोड ७१ लाख ३९ हजार २८२ कित्ता धितोपत्र थपिएको छ । एक कम्पनीको आईपीओसमेत हकप्रद र बोनस शेयरबापत उल्लेखित कित्ता धितोपत्र दोस्रो बजारमा थपिएको हो । 

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर जेठमा सूचीकृत भएको देखिन्छ भने एनआईबिएल स्टेबल फण्डको इकाई समेत जेठमा सूचीकृत भएको छ । रसुवागढी हाइड्रोले स्थानीयमा जारी गरेको शेयर समेत जेठमा सूचीकृत गराएको छ । 

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ९ लाख ८१ हजार ९० कित्ता लिलामी प्रक्रियाबाट विक्री गरेको संस्थापक तर्फको हकप्रद शेयर जेठ २ गते सूचीकृत गरेको हो भने अरुणभ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयरबापतको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर जेठ ७ गते सूचीकृत गराएको हो । त्यस्तै एनआईबिएल स्टेबल फण्डको ११ करोड ३० लाख इकाई जेठ ११ गते सूचीकृत भएको हो ।

यीबाहेक रसुवागढी हाइड्रोको स्थानीयमा जारी भएको ६८ लाख ४२ हजार १०० कित्ता शेयर जेठ १४ गते दोस्रो बजारमा सूचीकृत भएको छ । यस्तै, समता घरेलु लघुवित्त, युनाइटेड इदी–मार्दी, कालिका पावर, एनएलजी इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, नेपाल हाईड्रो डेभलोपर, साल्ट ट्रेडिङ कर्पोरेशन , डिप्रोक्स लघुवित्त र माउन्टेन ईनर्जीको बोनस शेयर जेठमा दोस्रो बजारमा सूचीकृत भएको छ ।

यी धितोपत्र दोस्रो बजारमा कारोबारयोग्य भइसकेको अवस्थामा सम्बन्धित शेयरधनीहरूले आफ्नो खातामा आएको वा नआएको यकिन गर्न कम्पनीहरूले आग्रह गरेका छन् । दोस्रो बजारमा सूचीकृतपश्चात सम्बन्धित कम्पनीहरूले शेयरधनीहरूको हितग्राही खातामा यी धितोपत्र जम्मा गरेका छन् । 

जेठमा नेप्सेमा सूचीकृत गराइएको कित्ता र धितोपत्रको किसिम

कम्पनीको नाम  सूचीकृत कित्ता  सूचीकृत मिति  धितोपत्रको किसिम
हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी  981090 जेठ 2 हकप्रद शेयर 
समता घरेलु लघुवित्त वित्तीय संस्था  213720.71 जेठ 7 बोनस शेयर 
युनाइटेड इदी–मर्दी एण्ड आर.वि हाईड्रोपावर  231000 जेठ 7 बोनस शेयर 
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी  18679626 जेठ 7 हकप्रद शेयर 
कालिका पावर कम्पनी  793500 जेठ 14 बोनस शेयर 
रसुवागढी हाईड्रोपावर  6842100 जेठ 14 स्थानीयको शेयर 
एनएलजी इन्स्योरेन्स कम्पनी  802601.69 जेठ 16 बोनस शेयर 
स्वरोजगार लघुवित्त वित्तीय संस्था  439040.65 जेठ 16 बोनस शेयर 
एनआईबिएल स्टेबल फण्ड 113000000 जेठ 11 इकाई
नेपाल हाइड्रो डेभलोपर लिमिटेड  235148.55 जेठ 18 बोनस शेयर 
साल्ट ट्रेडिङ कर्पोरेशन  418326.46 जेठ 23 बोनस शेयर 
डिप्रोक्स लघुवित्त वित्तीय संस्था  1551088.166 जेठ 23 बोनस शेयर 
माउन्टेन ईनर्जी नेपाल  2952040.5 जेठ 25 बोनस शेयर 
कुल 147139282.7    

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.