काठमाडौं। चितवन सौराहास्थित जंगल सफारी लजले ‘अर्ली बर्ड अफर’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले २०८१ असार १ देखि चैत ३० सम्म कोठा बुकिङ गर्दा तोकिएको मूल्यमा ३५ प्रतिशत छूट पाउने बताइएको छ । यो अफर प्राप्त गर्न ग्राहकले लजको अफिसियल वेबसाइटमार्फत कोठा बुक गर्नुपर्ने बताइएको छ ।
जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले यो अफर विशेषत: आन्तरिक पर्यटन प्रवर्द्धनका निम्ति ल्याइएको बताए । ‘कोभिडपछि अहिलेसम्म पनि पुरानै गतिमा पर्यटन नफर्केकाले यस्तो अफर ल्याएर पर्यटक आकर्षित गर्ने जमर्को गरेका हौं,’ उनले भने । घिमिरेका अनुसार यो अफर प्राप्त गर्न कम्तीमा ३० दिनअघि नै बुकिङ गर्नुपर्ने हुन्छ ।