काठमाडौं। ज्योति विकास बैंकले बैंकअन्तर्गतको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत सिरहाको गोलबजार नगरपालिका–१० स्थित आधारभूत विद्यालयलाई २५ थान डेस्क बेञ्च सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ वातावरण अभिवृद्धि तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यले उक्त सहयोग गरेको बैंकले जानकारी दिएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकको गोलबजार शाखाका शाखा प्रबन्धक भुवन धमलाले गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठ, गोलबजार–१० का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र मुखियाको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक मधुराम महतोलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा गोलबजार नगरपालिकाका मेयर श्रेष्ठले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्त्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग सराहनीय भएको बताए ।