काठमाडौं। ज्योति विकास बैंक लिमिटेड र काठमाडौंको नयाँबजारस्थित फर्निचर शोरूम ‘डेकोर प्यालेस’बीच बैंकका ग्राहकलाई छूट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले उक्त शोरूममा १५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् । उक्त फर्निचर शोरूममा घर तथा अफिसका लागि चाहिने फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न गुणस्तरीय सामग्री उपलब्ध हुने बताइएको छ ।
बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै आएको छ । बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ५४ ओटा न्यानो नानी मार्फत १९९८ भन्दा बढी नेपाली शिशुको जीवन रक्षा गर्न सफल भएको बताइएको छ । बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूरा गर्दै गएको आर्थिक वर्षमा रू. ४० करोड कर तिरेको बताइएको छ ।