काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४५ दशमलव ४१ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवमा रू. १ करोड ५६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड २७ लाख पुगेको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा १६ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू.४ करोड ५९ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५ करोड ३७ लाख पुगेको हो । त्यस्तै कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २५ पैसा रहेकोमा चालू आवमा बढेर ५ रुपैयाँ ६१ पैसा पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ६० करोड रहेको छ । जगेडा कोष भने रू. १ करोड ७२ लाख ऋणात्मक रहेको छ । त्यस्तै चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात १३३ गुणा र प्रतिशेयर नेटवर्थ रू. ९७ दशमलव १३ रहेको छ ।