काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको खुद नोक्सानी यस वर्ष कम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म ९८ लाख ८७ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष सोही अवधिसम्म ८५ लाख ७० हजार रुपैयाँ खुद नोक्सानीमा रहेको हो ।
वित्तीय खर्च गत वर्षभन्दा यस वर्ष ५२ प्रतिशत कम भएकाले कम्पनीको खुद नोक्सानी घटेको हो । गत वर्ष ५९ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २८ लाख रुपैयाँभन्दा बढी मात्र यो खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५९ करोड ६३ लाख ६९ हजार रुपैयाँ छ ।
कम्पनीको जगेडा कोष रकम भने ४४ लाख ६५ हजार रुपैयाँ छ भने दीर्घकालीन कर्जा ६ करोड ७२ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक १ रुपैयाँ ४४ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९९ रुपैयाँ ३२ पैसा छ ।