काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बुधवार कुल साढे १३ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले कुल कित्ता शेयरमध्ये ५ हजार कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि र साढे ८ हजार कित्ता अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र र अन्य व्यक्ति तथा संस्थाहरूले आगामी सात दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
अन्य व्यक्ति तथा संस्थामा विक्रीमा ल्याइएको यी शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर जारी गरिएको विक्री नभएपनि सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।
विद्यमान संस्थापक शेयरधनीका लागि विक्रीमा आएको ५ हजार कित्ता शेयर यो चरणमा विक्री नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ । आवेदनका लागि कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।