काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० ले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य न्याभ र खुद नाफा असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा वृद्धि भएको छ ।
फण्डको न्याभ असोज मसान्तमा ११ रुपैयाँ १६ पैसा रहेकोमा कात्तिक मसान्तमा बढेर ११ रुपैयाँ २५ पैसा पुगेको छ । त्यस्तै फण्डले असोज मसान्तमा रू. ८ करोड ४१ लाख नाफा कमाएकोमा कात्तिक मसान्तमा बढेर रू. ९ करोड ७ लाख पुगेको हो । कात्तिक मसान्तमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
असोज मसान्तमा फण्डको कुल आम्दानी रू. ८ करोड ८३ लाख रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ९ करोड ६२ लाख पुगेको छ ।
सूचीकृत शेयरमा लगानी भने फण्डले असोजको तुलनामा कात्तिकमा घटाएको छ । असोज मसान्तमा फण्डको सूचीकृत शेयरमा लगानी रू. ५८ करोड ७९ लाख रहेकोमा कात्तिक मसान्तमा रू.५७ करोड ८४ लाखमा झारेको हो ।