काठमाडौं। केएनपी नेरोल्याक पेन्ट्सले काठमाडौंको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाका लागि चाहिने आवश्यक सामग्री प्रदान गरेको छ । सडक दुर्घटनाहरू बढ्दै जाँदा नेरोल्याकले ‘नो हर्न प्लीज’, ‘नो स्टपिङ’, ‘स्पीड लिमिट’ र ‘नो पार्किङ’जस्ता महत्त्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको छ ।
यी साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटना न्यूनीकरणका साथै पैदलयात्री र चालकको सुरक्षामा महत्त्वपूर्ण सहयोग पुर्याउने कम्पनीको विश्वास छ । जापानको प्रख्यात पेन्ट कम्पनी केएनपी नेरोल्याकले समाजको भलाइमा योगदान पुर्याउन नयाँ लक्ष्य राखेको छ । यात्री र चालकका लागि सुरक्षित सडक सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध रहेको केएनपी नेरोल्याकले जनाएको छ ।