काठमाडौं । कुमारी बैंकले मोरङको विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
युएसएडसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले विराटनगर महानगरपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवद्र्धन तथा विकासमा सघाउ पुग्ने र यसबाट परिवार, समाज हुँदै राष्ट्र निर्माणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
वित्तीय ज्ञान, शीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिकरूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको यस बैंकले यस अभियानअन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको छ ।
बैंकले यस अभियानअन्तर्गत वित्तीय उद्यमी प्रशिक्षणसँगै वित्तीय साक्षरता पुस्तिका र सचेतनामुलुक सन्देशहरू नियमितरूपमा प्रकाशन गर्दै आएको छ । साथै राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमुलक भिडियो पनि प्रशारण गर्दै आएको बैंकले जानकारी दिएको छ ।
बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग इकाईहरूमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।