काठमाडौं। महालक्ष्मी विकास बैंकको दमक शाखाले झापाको दमक नगरपालिका–८ स्थित अटिजम सिकाइ केन्द्रलाई सहयोग गरेको छ । बैंकले अटिजम भएका विद्यार्थीको शैक्षिक क्रियाकलापलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोगस्वरूप प्रदान गरेको छ ।
बुधवार विद्यालयमा आयोजित एक कार्यत्रममा विद्यालयको प्रधानाध्यापकलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो । हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विद्यार्थी यसबाट लाभान्वित हुने बताइएको छ । संस्थागत सामाजिक उत्तरदायित्वका यस्ता कामबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।