logo
लगानी समूहका ५ कम्पनीले दिँदैछन् लाभांश, कुनको कति ?
लगानी समूहका ५ कम्पनीले दिँदैछन् लाभांश, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत लगानी समूहका ७ कम्पनीहरूमध्ये पाँच कम्पनीले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सिइडिबि होल्डिङ्गस लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपालले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेका हुन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र इर्मजिङ्ग नेपालले भने लाभांश नदिने निर्णय गरेका छन् । 

इन्भेष्टमेन्ट ट्रष्टले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कोषले यही पुस २९ गते साधारण सभा बोलाएको छ । 

त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटीले गत आवको मुनाफाबाट ५ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव आज सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको छ । 

त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चरले गत आवको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीले साधारण सभाबाट पारित गराइसकेको छ । 

सिईडिबि होल्डिङ्गसले भने गत आवको मुनाफाबाट ११ प्रतिशत बोनस शेयर दिएको छ । यो बोनस शेयर साधारण सभाबाट पारित गराएर नेप्सेमा सूचीकृत भइसकेको छ । 

त्यस्तै हाथवे इन्भेष्टमेन्ट नेपालले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको छ । उक्त लाभांश साधारण सभाबाट पारित भएर नेप्सेमा सूचीकृतसमेत भइसकेको छ । 

सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको लाभांशदर गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष यस कोषले १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव ७४ प्रतिशत लाभांश दिएकोमा यस वर्ष ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश दिएको छ ।

त्यस्तै हाइड्रोइलेक्ट्रिसिटीको लाभांशदर केही घटेको छ । गत वर्ष ५ दशमलव २७ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष ५ दशमलव २५ प्रतिशत दिएको छ। त्यसैगरी, हाथवेले गत वर्ष र यस वर्ष समानदरमा लाभांश दिएको छ । 

स्रोत : कम्पनीले प्रकाशित गरेको सूचना ।  


 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.