काठमाडौं । ४५४ मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलशाययुक्त जलविद्युत आयोजना निर्माणका लागि गरिएको लगानी आवह्वानको मिति थप भएको छ ।
सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा बनाउन यसअघि गत मंसिर २३ गते नेपाली कम्पनी र व्यक्तिहरूबाट लगानी आह्वान भएको थियो ।
पूर्वाधार अभावका कारण चिनियाँ बजारमा बिजुली विक्री हुने सुनिश्चितता नभएको भन्दै सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेडले आन्तरिक लगानीमै यो परियोजना बनाउन लागेको हो ।