काठमाडौं। कोका–कोलाले ‘कोका–कोला महोत्सव’ नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले रेष्टुरामा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छूट प्राप्त गर्न सक्ने बताइएको छ ।
यो अभियानका लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्सप्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरासँग सहकार्य गरेको छ । यी रेष्टुरामा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकले २० देखि २५ प्रतिशतसम्मको छूट अथवा केही खानासँग नि:शुल्क कोक प्राप्त गर्न सक्नेछन् । कोका–कोलाको ‘कोक प्लस मिल्स्’ अभियानको नयाँ संस्करणको रूपमा ल्याइएको ‘कोका–कोला महोत्सव’ वैशाख २६ देखि जेठ २५ सम्म चल्ने बताइएको छ ।