नेपाल राष्ट्र बैङ्क (नेराबै)ले केवाईसी (केएफसी होइन नि) अर्थात् ‘आफ्ना ग्राहक चिनौं’ भन्ने निर्देशिका केही संशोधन गरेर जारी गरेको छ । सम्पत्ति शुद्धीकरण गर्ने काममा अन्तरराष्ट्रिय समुदायसँग नेपालले गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने भएकाले मात्र नेराबैले त्यो केवाईसी निर्देशिका ल्याउनु परेको रहेछ । नत्र ल्याउँदैनथ्यो होला । जे होस्, केवाईसीका कारण छोराछोरी, पतिपत्नी, बाबुआमाबाहेक पहिला कहिल्यै आउने–जाने र वास्ता नगरिएका बाजे, बज्यै, बुहारी, ससुरा आदि नातेदारका पनि नाम, थर, जन्म मिति आदि कण्ठ हुने भएको छ ।
हाम्रो समाजमा पहिले पहिले हुने गरेको संयुक्त परिवारको मूल्य–मान्यतालाई पुन:स्थापना गर्न–गराउन नेराबैले ठूलै काम गरेको मान्नुपर्छ । अब बैङ्क तथा वित्तीय संस्थाहरूले केवाईसीअनुरूप नै ग्राहकका खाता खोलिदिने भएपछि देशमा भएको सबै अवैध सम्पत्ति शुद्ध हुँदै जाने विश्वास गर्नुपर्छ ।
(तीतोमीठोबाट) वर्ष ८, अंक १४९, शुक्रवार, ४ फागुन, २०६९