काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा हालै सार्वजनिक भएको टाटाका विद्युतीय गाडी (ईभी) कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी जनकपुरमा सार्वजनिक गरेको छ । जनकपुरस्थित गिरिजा अटोमोबाइलमा ती गाडी सार्वजनिक गरिएको हो ।
सो कार्यक्रममा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती, नेपालका लागि टाटा मोटर्सका देशीय व्यवस्थापक प्रसन्न रंगनाथान र मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी उपस्थित थिए ।
सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सिजापतीले टाटाका ईभी २७ लाख ४९ हजारदेखि ५६ लाख ९९ हजार रुपैयाँसम्ममा खरीद गर्न सकिने बताए ।