काठमाडौं। ४८ देशमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इन्ड्राइभ विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको बताइएको छ । साथै इन्ड्राइभले ‘ट्राभल र नेभिगेसन’ क्याटोगरीमा नेपालमा नम्बर १ स्थान प्राप्त गरेको छ, जसले बजारमा आफ्नो बलियो उपस्थिति र बढ्दो लोकप्रियतालाई सुदृढ बनाएको दाबी कम्पनीको छ ।
इन्ड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा विश्वव्यापी रूपमा पाँचौं सबैभन्दा धेरै डाउनलोड गरिएको एपको रूपमा पनि स्थान पाएको बताइएको छ । इन्ड्राइभ एप २०२४ को डिसेम्बर महीनामा मात्रै ६१ लाखभन्दा बढी पटक डाउनलोड गरिएको कम्पनीको भनाइ छ । पियर–टु–पियर मूल्य निर्धारण मोडेलका साथ इन्ड्राइभले विश्वका ८८८ शहरमा उत्कृष्ट सवारीका लागि उचित मूल्य प्रदान गर्दै आएको बताइएको छ ।
गतवर्ष इन्ड्राइभले चालकलाई मद्दत गर्न ऋण दिने कार्यलाई अझ बढी पहुँचयोग्य बनाउन मेक्सिको र कोलम्बियामा आफ्नो वित्तीय सेवा ‘इन्ड्राइभ डट मनी’को परीक्षण शुरू गरेको थियो । यसबाट सन् २०३० सम्ममा कम्तीमा १ अर्ब मानिसको जीवन सुधार गर्ने इन्ड्राइभको योजना रहेको बताइएको छ ।
इन्ड्राइभ सन् २०२४ मा यात्रा श्रेणीमा नेपाल, इजिप्ट, मोरक्को, पनामा र जमैका सहित ११ बजारहरूमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप भएको थियो । राइड–हेलिङ र वित्तीय सेवाको अतिरिक्त इन्ड्राइभले सिटी टू सिटी, फ्रेट, कुरियर र डेलिभरी सेवा प्रदान गर्दै आएको बताइएको छ ।