विराटनगर । कोशी प्रदेश सरकार विस्तार भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन भएपछि बनेको सरकारमा नेपाली कांग्रेसले दुई महिना पछि तीन मन्त्री र एक राज्यमन्त्री लिएर सहभागिता जनाएको हो ।
नवनियुक्त मन्त्रीहरू कांग्रेसको सिटौला र देउवा खेमाका हुन भने पुनः विस्तार हुने मन्त्री मण्डलमा शेखर कोइराला पक्षको समेत सभागिता रहने बताइएको छ । अहिले कोइराला
सिंगापुरको भ्रमणमा छन । नेपाली कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्रालय, सदानन मण्डल पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा भूमिप्रसाद राजवंशी रहेका छन । थपिएको मन्त्री समेत गरेर कोशी प्रदेशको मन्त्री मण्डलको संख्या १० पुगेको छ । मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा यस अघि एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय, लिलाबल्लभ अभिकारी आन्तरिक मामिला तथा कानून मन्त्रालय र सृजना राई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन ।
प्रदेश सरकार अन्तरगत अब एउटा मन्त्रालय खाली रहेको छ ।