काठमाडौं । आन्तरिक राजस्व कार्यालय बालाजुले राष्ट्रिय कर दिवसको अवसरमा बालाजु अटो वर्क्स प्रालिलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्न आयोजना गरिएको कार्यक्रममा अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्स सम्मानित भएको हो । आर्थिक वर्ष २०७७/७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकाले बालाजु अटो वर्क्सलाई आन्तरिक राजस्व कार्यालय बालाजुले सम्मानपत्र प्रदान गरेको हो । बालाजु अटो वर्क्स प्रालि नेपालका लागि महिन्द्राको आधिकारिक सेवा केन्द्र हो । कम्पनीले सवारीसाधन सेवाका साथै महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.