काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ रुपैयाँ अंकित मूल्यका कुल ७५ लाख कित्ता शेयर चैत २७ गते बुधवार नेप्सेमा सूचीकृत गरेको हो । कुल कित्ता शेयरमध्ये संस्थापक तर्फको ५२ लाख ५० हजार कित्ता र सर्वसाधारण तर्फको २२ लाख ५० हजार कित्ता शेयर रहेको छ । संस्थापक शेयरसँगै सर्वसाधारणतर्फको शेयरमध्ये कर्मचारी र सामूहिक लगानीकोषतर्फको शेयर भने लइकनमा रहनेछ ।
संस्थापक र कर्मचारीतर्फको शेयर तीन वर्षका लागि र सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म लकइनमा रहनेछ । सर्वसाधारणमा कम्पनीले चैत ५ गते आईपीओ बाँडफाँट गरेको थियो ।यी वाहेक अन्य शेयर भने बिहीवारदेखि कारोबारयोग्य हुनेछ । बिहीवार स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार भएमा कम्पनीको शेयर कारोबार नियमित सेसनमा सुरु हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ ८६ पैसादेखि अधिकतम प्रतिकित्ता ३०२ रुपैयाँ ५८ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । नेप्सेले तोकेको मूल्यका आधारमा कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।