काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ५७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म १८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १ हजार ८८४ प्रतिशत बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको खराब कर्जा संकलन बढेकाले खुद नाफामा उल्लेख्य बृद्धि देखिएको हो । गत वर्ष २ करोड ९८ लाख रुपैयाँभन्दा बढी रहेको खराब कर्जा संकलन रकम यस वर्ष ४ करोड ८३ लाख रुपैयाँभन्दा बढी रहेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खराब कर्जा संकलन ६१ दशमलव ६५ प्रतिशत बढी भएको हो ।
सम्भावित जोखिम शिर्षकमा भने कम्पनीले रकम बढाएको छ । गत वर्ष ३ करोड ५४ लाख रुपैयाँभन्दा बढी रहेको सम्भावित जोखिम शिर्षकको रकम यस वर्ष ४ करोड ४ लाख रुपैयाँभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्तापूँजी १४ करोड ६१ लाख रुपैयाँभन्दा बढी रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा करिब ३४ प्रतिशत बढी ८ करोड ३० लाख रुपैयाँ कायम भएको छ । निक्षेप संकलन ८३ करोड ७४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको कर्जा प्रवाह भने २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी भएको छ । कम्पनीले तेस्रो त्रैमाससम्म १ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्ष ३ दशमलव ७० प्रतिशत रहेको निष्क्रिय कजाृ यस वर्ष बढेर ४ दशमलव ११ प्रतिशत कायम भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ६१ पैसा र प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ३२ पैसा कायम भएको छ ।