काठमाडौं। ‘ग्लोबल मनी विक २०२४’ का अवसरमा कुमारी बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रको विसंगतिमा परेका वा पर्न पुगेका तथा हुन सक्ने समुदायका ५ हजार ४ सय सहभागीलाई वित्तीय साक्षरता प्रदान गरेको बताइएको छ । वित्तीय ज्ञानको सम्प्रेषण गर्दै वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोवृत्ति प्रवर्द्धनमार्फत कुशल वित्तीय व्यवहार विकासलाई प्रमुख लक्ष्य बनाएर कार्यक्रम गरेको बताइएको छ । बैंकले वित्तीय साक्षरता तथा आचरण प्रवर्द्धनका लागि कर्मचारीको प्रतिबद्धता कार्यक्रम सञ्चालन गरेको बताएको छ ।
सो अवसरमा विभिन्न शाखामार्फत वित्तीय साक्षरताका आधारस्तम्भको प्रशिक्षण, वित्तीय साक्षरता तथा आचरण विकासका लागि सहभागीलाई शपथ कार्यक्रम गरेको बताइएको छ । सामाजिक सञ्जालमार्फत वित्तीय साक्षरता सम्बन्धी ‘क्विज’ तथा जनचेतना विकासका सामग्री प्रसारण र वित्तीय साक्षरता प्रवर्द्धनका लागि राष्ट्रियस्तरका कलाकारको अभिनयमा भिडियो सामग्री र सामाजिक विषयवस्तुलाई झल्काउने पुस्तक प्रकाशन गरेको बताइएको छ ।