काठमाडौं । कुमारी बैंक लिमिटेडले ३१ हजार ९२८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि जेठ २५ गते यी शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो ।
इच्छुक खरीदकर्ताहरूले तोकिएको अवधिभित्र बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।