काठमाडौं। कुमारी बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमी लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युएसएडसँगको साझेदारीमा ‘देशैभरि वर्षै भरि’ नाममा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले वित्तीय ज्ञान, शीप, मनोवृत्ति तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको बताएको छ ।
बैंकले यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनय सहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देश विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय तहमा रहेका उद्यमी सोचको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकको छ । बैंकले ३०२ शाखा, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको बताइएको छ ।