विराटनगर । तीन दशकभन्दा लामो समयदेखि विभिन्न खाद्यान्न उत्पादन गर्दै आएको क्वालिटी थाई फुड्सले ‘के मज्जा’ ब्राण्डको चाउचाउ बजारमा ल्याएको छ ।
बजारमा विभिन्न ब्राण्ड र स्वादमा चाउचाउ उपलब्ध भइरहँदा क्वालिटीले श्रीराचा रामेनमा थाई स्वादमा चाउचाउ बजारमा ल्याएको हो ।
यो चाउचाउ नेपालमा उपलब्ध ६०, ७५ र १०० ग्रामका चाउचाउको तुलनामा सस्तो भएको कम्पनीको दाबी छ । ८० ग्राममा उपलब्ध यो चाउचाउको अधिकतम उपभोक्ता मूल्य ३० रुपैयाँ छ । साथै यो चाउचाउ चिकेन र भेजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यो चाउचाउमा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर आवश्यक मात्रामा मात्र पिरोको मात्रा राखिएको कम्पनीका म्यानेजर शंकर दाहालले बताए । साथै यो चाउचाउ तेलमा कम समय मात्र पकाएकाले तेलमा पकाएको अन्य ब्राउन नुडल्सको तुलनामा स्वस्थकर रहेको उनको भनाइ छ । साथै यो चाउचाउमा डिहाइट्रेड भेजिटेबल प्रयोग गरिएकाले अन्य चाउचाउको तुलनामा स्वस्थकर भएको उनले बताए ।
विराटनगरबाट ‘लन्च’ गरिएको यो चाउचाउ देशैभर उपलब्ध गराउने कम्पनीको योजना छ ।