काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले लाइन काटिएका सबै उद्योगहरूमा आजै साँझसम्म लाइन जोड्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदकै निर्णयका आधारमा यसअघि लाइन काटिएका ३४ उद्योगमा आजै साँझसम्म विद्युत् जोड्ने निर्णय गरिएको सञ्चालक समिति सदस्य तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।
‘लाइन जोड्नका लागि दिइएको निर्देशन सहितको पत्र प्राधिकरणले मन्त्रालयबाट सोमवार बेलुका ५ः३० बजे बुझिसकेको छ । पत्र बुझेको २४ घण्टाभित्र लाइन जोडिसक्ने भन्ने छ । त्यसकारण प्राधिकरणले आजै लाइन जोड्छ भन्ने हो,’ उनले भने ।