बेरुत(लेवनान) लेबनान र इजरायली इकाईले लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्र संघले स्वागत गरेको छ ।
लेबनानका लागि राष्ट्रसङ्घीय विशेष संयोजक (युएनएससीओएल) जेनिन हेनिस–प्लास्चर्टले मङ्लगलबार विज्ञप्ति जारी गर्दै “यो सम्झौताले दुवै पक्षका नागरिकहरूको सुरक्षा पुनःस्थापना गर्ने प्रस्ताव –१७०१, ९२००६० को पूर्ण कार्यान्वयनमा गरिएको महत्वपूर्ण प्रक्रियाको सुरुवातलाई सङ्केत गर्ने बताएका छन् । उनले “सम्झौता कार्यन्वयन सुनिश्चित गर्न पर्याप्त काम अगाडि बढेको बताउदै दुवै पक्षको पूर्ण र अटुट प्रतिबद्धता रहेको उल्लेख गरेका छन् ।
प्रस्ताव–१७०१ बाट चयन गरिएका प्रावधानहरू मात्र कार्यान्वयन गर्ने र अरूलाई मौखिक सेवा प्रदान गर्ने यथास्थिति पर्याप्त नहुनेसमेत उनले बताएका छन् । यसको माध्यामबाट विनाशकारी अध्यायको अन्त्य गर्ने अवसर प्राप्त् भएकोमा प्रशंसा ुमेत गरेका छन् । हाल प्राप्त उपलब्धीलाई सुदृढ पार्न ठोस कार्यहरू मार्फत काम गर्ने समय भएको उनले प्रष्ट पारेका हुन ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार लेबनान र इजरायली इकाई युद्धविराममा सहमत भएको घोषणा गरेका थिए जुन बुधवार देखि लागु हुने जनाइएको छ । युद्धविरामको घोषणा भएपछि अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्तीमा लेबनानी सेनाको क्षमता निर्माण गर्न अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्ने र लेबनानी अर्थतन्त्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
युद्ध विराम पछि बेरुतका विस्थापित बासिन्दा घर फर्के
युद्धविराम लागू भए पछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समय पछि भएको युद्ध विराम कार्यन्वयनका लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै “विजय“ उत्सव समेत मनाएका छन् ।
पछिल्लो समयमा इजरायलले दिनहु जसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरु एकै चोटी फर्किदा भीडभाड भई ट्राफिक जामसमेत भएको एएफपीले जनाइएको छ । विस्थापितहरु आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर आँसु बगाउदै उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउनका लागि पर्खिरहेका थिए ।
स्थानीय इन्जिनियर निजाम हमादेले आफ्नो घरतर्फ फर्किँदै हमलामा मृत्यु भएका हिजबुल्लाह नेता सैयद हसन नस्रल्लाहको उपनगरमा फर्किदा उनीहरूलाई धन्यवाद दिँदै फर्किएको एएफपीले जनाएको छ । दक्षिण बेरुत उपनगरले मङ्गलबार द्वन्द्वको सबैभन्दा तीव्र रुपको सामना गरेको थियो ।
“युद्धविराम लागु भएपछि आफुहरु घर फर्किएको उक्त उपनगर निवासी फातिमाले बताएका छन् । बुधबार देखि युद्धविराम लागु भएपछि इरान समर्थित समूहले दक्षिण बेरुत र पूर्वी लेबनानको गढहरूमा भ्रमणको आयोजना गरिरहेको थियो ।
गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार हमलाको लगभग एक वर्षपछि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढहरू लक्षित आक्रमण बढाई दक्षिणी सीमा पार सेना तैनाथ गरेको थियो । केही बासिन्दाहरू तुरुन्तै युद्ध , जुलुसलगायतमा आफ्ना प्रिय नेताको हत्या भएको स्थान तर्फ लागेको एएपीले जनाएको छ । यसै क्रममा हिजबुल्लाहका समर्थकहरूले नस्रल्लाह र हाशेम सफीद्दिनको तस्विरहरू हस्तान्तरणसमेत गरिरहेको एएपीले जनाएको छ ।
लेबनानमा युद्धविराम गाजा युद्ध अन्त्य गर्ने महत्त्वपूर्ण कदम– जोर्डन
जोर्डनले लेबनानमा इजरायल र हिजबुल्लाहबीच बुधबार लागु भएको युद्धविरामलाई स्वागत गर्दै गाजामा इजरायल र हमासबीचको युद्ध अन्त्य गर्ने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताएको छ ।विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ, “युद्धविराम एक महत्त्वपूर्ण कदम हो, यसपछि गाजा पट्टीमा आक्रमण र पश्चिमी किनारामा इजरायली आक्रमणहरू अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रयास गर्नुपर्छ ।”
मन्त्रालयका प्रवक्ता सुफियान कुदाहले ‘राज्यको आफ्ना भाइचारा लेबनान, यसको सुरक्षा, स्थिरता, सम्प्रभुता र नागरिकहरूको संरक्षणको समर्थन’ पुनः पुष्टि भएको प्रतिक्रिया दिएका छन्।
विज्ञप्तिमा ‘संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयनको आवश्यकता’ मा पनि जोड दिइएको छ । यो बुधबार लागू भएको युद्धविरामको आधार थियो । यस प्रस्तावले सन् २००६ मा इजरायल र हिजबुल्लाहबीचको अन्तिम युद्धको अन्त्य गर्यो । यसमा लेबनान राज्यको सशस्त्र सेना र संयुक्त राष्ट्रसङ्घका शान्ति सेनालाई मात्र लेबनानको दक्षिणमा उपस्थित हुन आवश्यक थियो ।
जोर्डनले ‘लेबनानको राष्ट्रिय संस्थाहरूलाई बलियो बनाउन, पुनर्निर्माण गर्न र देशलाई आवश्यक आर्थिक सहायता प्रदान गर्न’ पनि समर्थन व्यक्त गरेको छ ।युद्धविरामले इजरायल र हिजबुल्लाह बीच झन्डै एक वर्षसम्म सीमापार गोलीबारी र दुई महिनासम्म पूर्ण युद्धलाई अन्त्य गरेको छ । जनसङ्ख्याको करिब आधा प्यालेस्टिनी मूलका रहेको जोर्डन सन् १९९४ मा इजरायलसँग सन्धि सम्झौता गर्ने दोस्रो अरब राज्य बन्यो । यसले औपचारिक रूपमा छिमेकीहरू बीचको युद्धको अवस्थाको अन्त्य गरेको छ । एजेन्सी