काठमाडौं । ४१ नम्बर धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी)ले वार्षिक साधारण सभा आह्वान गरेको छ । असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको हाल कायम जारी तथा चुक्तापूँजी वृद्धि गर्नेसहित प्रस्ताव पारित गर्नेछ । पछिल्लो समय पूँजीका आधारमा तीन किसिमका ब्रोकर व्यवसायी सञ्चालन हुने व्यवस्था रहेको छ ।
पूँजीका आधारमा लगानीकर्तालाई सेवा प्रदान गर्नुपर्ने अवस्थामा यस कम्पनीले पूँजी वृद्धिलाई प्राथमिकतामा राखेको हो । हाल कम्पनीले २० करोड चुक्तापूँजीका आधारमा दिने सीमित कार्यको ब्रोकर सेवा प्रदान गर्दै आएको छ ।
पूँजी वृद्धिका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने भएकाले सोको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
बोनस शेयर र नगद लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीले कति प्रतिशत भन्नेबारे सूचनामा जानकारी दिएको छैन ।