काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले असोज ७ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ १५ गते बसेको क्यापिटलको बैठकले लक्ष्मी सनराइज बैंक लिमिटेड, लक्ष्मी कम्प्लेक्स, हात्तिसार, काठमाडौंमा दिनको ४ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
यस वर्ष ३ करोड ८२ लाख ६ हजार ८०० रूपैयाँ ९७ पैसा नगद लाभांशको रुपमा वितरण गर्ने भएको छ । उक्त प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल लिमिटेड मर्जमा जाने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्दै आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।