काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले पुसको तुलनामा माघमा सूचीकृत शेयरमा लगानी घटाएको छ । पुस मसान्तमा फण्डले रू. ६५ करोड ८८ लाख लगानी गरेकोमा माघ मसान्तमा घटाएर रू. ६४ करोड ५४ लाखमा झारेको हो ।
फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भने पुसको तुलनामा माघमा बढेको छ । पुस मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ १८ पैसा रहेकोमा माघ मसान्तमा बढेर ११ रुपैयाँ ६२ पैसा पुगेको छ ।
त्यस्तै फण्डले माघ मसान्तमा रू. १० करोड ३१ लाख नाफा कमाएको छ । यो नाफा पुस मसान्तको तुलनामा ३८ दशमलव ५१ प्रतिशत वृद्धि हो । सो अवधिमा फण्डले रू. ७ करोड ४४ लाख नाफा कमाएको थियो ।
माघमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । पुस मसान्तमा फण्डको कुल आम्दानी रू. ८ करोड १६ लाख रहेकोमा माघ मसान्तमा बढेर रू. ११ करोड १५ लाख पुगेको छ ।
माघ मसान्तमा फण्डले बैंक मौज्दातमा रू. ९ करोड २६ लाख र डिबेञ्चरमा रू. १ करोड ८ लाख लगानी गरेको छ ।