logo
ललितपुरका नेवार समुदायले मनाए यल पञ्चदान पर्व [तस्वीरहरू]
ललितपुरका नेवार समुदायले मनाए यल पञ्चदान पर्व [तस्वीरहरू]
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
२८ श्रावण २०८१

काठमाडौं । बौद्ध धर्म मान्ने ललितपुरका नेवार समुदायले सोमवार यल पञ्चदान पर्व मनाएका छन् । पञ्चदानलाई स्थानीय भाषामा पञ्जरा भनिन्छ । किम्बदन्ती अनुसार यो पर्व नेपाल संम्वत ५१२ देखि मनाउन थालिएको हो । 

पञ्चदान पर्व गुँला महीना अर्थात् साउन महीनामा पहिलो पटक श्रावण शुक्ल अष्टमीको दिन पाटनमा मनाइन्छ । यो दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल गरी पाँच प्रकारका वस्तु दान गरिने भएकाले पञ्चदान भन्ने गरिन्छ । 

यस दिन शाक्य र बज्राचार्य जातिका व्यक्ति घरघरमा गई दान ग्रहण गर्ने परम्परा छ । आजका दिन चामल, गहुँ, नुन, केराउ, खीर, फलफूललगायत दान गर्दा विहार, घरआँगनमा दीपंकर बुद्धका मूर्ति, देवदेवी तथा पौवा चित्र सजाएर पञ्चदान गरिएको छ । 

आजको दिन दिपंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन चलेको जानकार बताउँछन् । 

हेर्नुस् तस्वीरहरू

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.