काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सर्वेन्द्र मिश्रलाई डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसिईओ)मा पदोन्नति गरेको छ । मिश्रले यसअघि बैंकमा फाइनान्सियल मार्केट्स तथा ट्रेजरी मार्केट्स/रिजनल मार्केट्स प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । यसैगरी उनले सन्राइज बैंकमा चिफ फाइनान्सियल अफिसरको रूपमा ५ वर्षभन्दा बढी काम गरेका थिए भने सिभिल बैंकमा चिफ अपरेटिङ अफिसरको रूपमा ६ वर्ष कार्यरत थिए । मिश्रले नबिल बैंकबाट बैंकिङ करिअर शुरू गरेका । बैंकको नेतृत्व र व्यवस्थापनमा मिश्रले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । उनको दीर्घकालीन अनुभव र कार्यक्षमताका आधारमा यो पदोन्नति गरिएको बताइएको छ । नेपालमा सन् १९८७ देखि सञ्चालनमा आएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले मुलुकको बैंकिङ क्षेत्रको विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.