काठमाडौं । सिद्धार्थ बैंकको आयोजना तथा न्यु बिजनेस एज लिमिटेडको व्यवस्थापनमा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘सिद्धार्थ बैंक महिला उद्यमी वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न भएको छ ।
महिला उद्यमीलाई उत्प्रेरणा जगाउने उद्देश्यले आयोजना गरिएको एक दिने कार्यक्रम सोमवार सम्पन्न भएको हो ।
त्यसअघि तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा उनले महिला उद्यमीका लागि नगरपालिकाले काम गरिरहेको बताए । उनले अबको एक वर्षभित्र नगरको कुनै एक ठाउँमा महिला उद्यमीका लागि बजार सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।
कार्यक्रममा महिला उद्यमी संघ, रूपन्देहीकी अध्यक्ष अनिता खत्री चुडालीले स्वागत मन्तव्य दिएकी थिइन् ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाको वडा नम्बर ५ का वडाअध्यक्ष रमेश डुम्रेले वडा कार्यालयले पनि महिला उद्यमीका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । उनले आगामी आर्थिक वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
५५ जना महिला उद्यमीको सहभागिता रहेको कार्यक्रममा वित्तीय साक्षरता, डिजिटल साक्षरतालगायत विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा प्रशिक्षक किरण काफ्लेले प्रशिक्षण दिएका थिए । सो अवसरमा वित्तीय साक्षरतासम्बन्धी सन्देशमुलक भिडियोेहरू प्रस्तुत गरिएका थिए ।
प्रशिक्षण सकिएपछि सहभागी महिला उद्यमीले गरेका प्रश्नहरूको जवाफ सिद्धार्थ बैंक लिमिटेडको योगीकुटी शाखाका शाखा प्रबन्धक लक्ष्मी प्रसाद ज्ञवालीले दिएका थिए ।
कार्यक्रमको अन्त्यमा वुमन आन्त्ररप्रेनर एशोसियशन अफ नेपालकी कोषाध्यक्ष सविता सुवेदीले समापन मन्तव्य दिएकी थिइन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरूको सहभागिता रहेको थियो ।