काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न चिकित्सा सेवामा विशेष छूट प्रदान गर्न गोल्डेन अस्पताल प्रालिसँग सम्झौता गरेको छ । विराटनगरमा आयोजित एक कार्यक्रमबीच यो सम्झौतामा हस्ताक्षर भएको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत मोहम्मद जिउल हक र बैंकको विराटनगरका शाखा प्रबन्धक सूर्यप्रसाद शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ सेवामार्फत भुक्तानी गर्दा अस्पतालका सेवामा १० प्रतिशतसम्म छूट प्राप्त गर्नेछन् । यो पहलले ग्राहकलाई बहुमूल्य स्वास्थ्य सेवामा छूटमात्र नगरी नगदबाट डिजिटल कारोबारमा प्रोत्साहित गर्ने बैंकको विश्वास छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.