काठमाडौं । जुनफेङ कम्पनीको डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल जेएफ–एस३ ले हालसम्म ४० देशमा १२ हजारभन्दा बढी युनिट निर्यात गरेको बताएको छ । कम्पनीले यो उपलब्धिलाई कम्पनीको विश्वव्यापी रणनीतिक विस्तारलाई थप सुदृढ बनाएको प्रमाण भनेको छ ।
जनवरी महीनामा नेदरल्याण्डमा चिनियाँ ब्रान्डमध्ये जेएफ–एस३ सबैभन्दा बढी विक्री भएको इभी बनेको कम्पनीको दाबी छ । यो मोडलले युरोपेली उपभोक्ताको स्थान उपयोग र सवारी अनुभवका अपेक्षालाई सन्तुलित ढंगले सम्बोधन गरेको बताइएको छ, जसले अर्डरहरू अनुमानभन्दा उच्च दरमा वृद्धि गराएको कम्पनीको भनाइ छ ।
उत्पादन क्षमता विस्तारको सन्दर्भमा, डोङफेङ नामीले विश्वव्यापी संरचना निर्माणमा तीव्र प्रगति गरिरहेको बताएको छ । युरोपमा इन्टेलिजेन्ट सवारी र कनेक्टिभिटी प्रविधिमा केन्द्रित अनुसन्धान केन्द्र निर्माणको महत्त्वपूर्ण चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । त्यस्तै दक्षिणपूर्वी एशियामा एसेम्बल प्लान्ट तयारी र दक्षिण अमेरिकामा ‘ब्याट्री लिजिङ प्लस सवारी–विद्युत् पृथकीकरण’ मोडेल स्थानीय मोबिलिटी प्लेटफर्महरूसँग सहकार्यमा शुरू गरिएको बताइएको छ ।